site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अपि पावरले साउन ३१ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । अपि पावर कम्पनीले आउँदो साउन ३१ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । उक्त हकप्रद सेयरमा कम्पनीका सेयरधनीले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा एक करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । असार २१ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम सेयरधनीले कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् ।

Dabur Nepal
NIC Asia

कम्पनीले हाल कायम रहेको चुक्तापुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कास गर्न लागेको हो । हाल कम्पनीको चुक्तापुँजी चार अर्ब १३ करोड ३२ लाख ८४ हजार २१२ रुपैयाँ रहेको छ ।

कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले अपि पावर, मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । 

यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि–आस्वा प्रणालीमार्फत र सीडीएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १२:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro