site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जुवातास खेलिरहेको अवस्थामा १६ जना समातिए
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र सुनसरीमा गरी १६ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–७, गौशला लाहुरेटोल बस्ने सोलुखुम्बु घर भएका ४७ वर्षीय आङ्तु राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राईसमेत पाँचजनालाई सोमबार राति पक्राउ गरिएको छ ।

विशेष सूचानाको आधारमा प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८२ हजार ६७० रुपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो ।

त्यस्तै, सुनसरीको धरान उपमहानगरपालिका–१०, सेफ फुड गार्डेन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा भोजपुर आमचौक गाउँपालिका बस्ने ३५ वर्षीय राजेन्द्र श्रेष्ठसमेत ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद चार लाख ७ हजार ६४० रुपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  २३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro