site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारत भ्रमणपछि बाबुरामले भने– सबै समस्या वार्ताका माध्यमबाट टुंग्याउनुपर्छ

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल–भारतबीच रहेका सबै समस्या वार्ताका माध्यमबाट टुंग्याउनुपर्ने बताएका छन् ।

भारत भ्रमण सकेर मंगलबार फर्किएका भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग बोल्दै दुई देशको सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गरे । "दुई देशको सम्बन्ध ऐतिहासिक छ, सबै समस्या दुई देशका प्रधानमन्त्री तहमा वार्ता गरेर टुंग्याउनुको विकल्प छैन," उनले भने ।

भारत भ्रमणका क्रममा आफूले राजनीतिक तहमा भेटघाट गरेको र भारतीय नेताहरू मिलेर जानुपर्नेमा सहमत रहेको उनले बताए ।

भारतमा रहँदा उनले भारतका रक्षामन्त्री राजमानथ सिंह, भाजपाका पूर्वअध्यक्ष डा. मुरलीमनोहर जोशी, भारतीय कांग्रेसका वरिष्ठ नेता जयराम रमेश, जनता दल युनाइटेडका केसी त्यागी, बहुजन समाज पार्टीका सुधीन्द्र भदोरियालगायतसँग भेटवार्ता गरेका थिए ।

भारत आर्थिक रूपमा सबल रहेको र नेपाल ऊभन्दा १०० गुणा कमजोर रहेको भट्टराईले बताए । दुई छिमेकी मिलेर जाँदा नै दुवै देशलाई फाइदा हुने उनको ठम्याइ छ । आफ्नो भ्रमण पार्टीगत तहमा भए पनि उक्त भ्रमण समग्र देशकै हितमा लाभदायक भएको उनको भनाइ थियो ।

भट्टराई पार्टीसम्बद्ध प्रगतिशील नेपाली समाज (भारत)को प्रथम अधिवेशनमा सहभागी हुन त्यहाँ गएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro