site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दाङमा सर्पदंशबाट किशोरको मृत्यु
प्रतीकात्मक तस्बिर ।

दाङ । दाङमा सर्पको टोकाइबाट १६ वर्षीय किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका–४, पेदीखोला घर भई शान्तिनगर गाउँपालिका–७ स्थित मामाघरमा बस्दै आएका मनोज वली रहेका छन् ।

गए राति १ बजेतिर सर्पले टोक्दा उनी गम्भीर बिरामी भएका थिए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

उनका अनुसार वलीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि प्रतिष्ठानमा लगिएको थियो ।

यस्तै, गएको शुक्रबार सर्पको टोकाइबाट शान्तिनगर–३, बस्तीखोलाका ५० वर्षीय दलबहादुर घर्तीको मृत्यु भएको थियो । शुक्रबार दिउँसो घर्तीलाई घरभित्रै सर्पले टोकेपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लगिएकामा उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

सर्पदंशबाट पछिल्ला चार दिनमा दुईजनाको मृत्यु भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने प्रहरी नायब उपरीक्षक मल्लले बताए । रासस

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro