site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भारतले जवाफ नदिँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईएलएस सञ्चालन अन्योलमा

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानमा ‘इन्स्टुमेन्ट ल्यान्डिङ सिस्टम’ आइएलएस सञ्चालन अन्योलमा परेको छ । भारतले जवाफ नदिँदा सञ्चालनमा आउन नसकेको हो ।  भैरहवा विमानस्थलमा जोडिएको इन्स्टुमेन्ट ल्यान्डिङ सिस्टमको फ्रिक्वेन्सी भारतीय भूमिमा पुगेपछि चलाउन अनुमति छैन । 

विमानस्थलमा आईएलएस जडान भइसकेको छ । उक्त आईएलएस सञ्चालनको लागि भारतले सहमति (अनुमति) दिनुुपर्ने हुन्छ । तर, भारतले पटक–पटक अनुमति दिन आनाकानी गर्दै आइरहेको छ । 

गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको क्रममा आईएलएस सञ्चालनका लागि अनुमति दिने सम्झौता भएको थियो । त्यतिबेला भारतीय समकक्षीसहित दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको आईएलएस सञ्चालनका लागि भारतले अनुमति दिएको भन्दै प्रशंसासमेत गरेका गिए । 

Dabur Nepal
NIC Asia

“उडान सञ्चालनको सुरक्षा तथा दक्षता अभिवृद्धि गर्न एआईपी (एरोनटिकल इन्फरमेसन पब्लिकेसन)मा आईएलएसको कार्यविधि प्रकाशन गरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलनजिकै सीमावर्ती उडान सञ्चालनका लागि भारतले दिएको स्वीकृतिको हामी प्रशंसा गर्छौं,” पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भनेका थिए । 

आइएलएस सञ्चालनको लागि भारतले एआईपीमा प्रकाशन गर्नुपर्ने जनाएको थियो ।  प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएलगत्तै एआईपीमा आईएलएस सञ्चालन प्रकाशन गर्न सरकारले परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाएको सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशकुमार अधिकारीले बताए । 

पत्र पठाएको महिला दिन बितिसक्दा पनि भारतको कुनै जवाफ आएको छैन । जसले गर्दा विमानस्थलमा आईएलएस सञ्चालन हुन्छ वा हुँदैन भन्ने अन्योल छ ।  भारतका अनुसार आइएलएस सञ्चालनको लागि एआईपी बुकमा प्रकाशन गर्नुपर्नेे हुन्छ । 

“प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा आईएलएस सञ्चालनको लागि प्राविधिक कुरामा सहमति भयो । भ्रमणबाट फर्केलगतै बुकमा प्रकाशन गर्न हामीले भारत सरकारलाई पत्राचार ग¥र्यौ” सचिव अधिकारीले बाह्रखरीसँग भने, “बुकमा प्रकाशन गर्नेबारेमा अहिलेसम्म जानकारी आएको छैन ।”

यसअघि पनि पटक–पटक पत्राचार गर्दा भारतले जवाफ दिएको थिएन । त्यसैकारण आईएलएस सञ्चालनमा आउन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका प्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।

आईएलएस के हो ?

आईएलएस भनेको जहाज टेकअफ तथा ल्यान्ड गर्दा प्रगोग हुने प्रविधि हो । जहाज ल्यान्ड गर्दा दुई प्रणालीमार्फत गरिन्छ । ‘इन्स्टुमेन्ट ल्यान्डिक रुल्स’ (आईएलआर) र ‘भिजुअल ल्यान्डिक रुल्स’ (भीएफआर) ।

आईएलआर भनेको विमान अवतरण गर्दा प्रविधिको प्रयोग गरेर ‘ल्यान्ड’ गर्ने प्रक्रिया हो । भने, भीएफआर प्रणालीमा जहाज अवतरण गर्दा पाइलटले प्रत्यक्ष दृश्यमार्फत जहाज ‘ल्यान्ड’ गराउँछन् । 

अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भीएफआरबाट उडान भइरहेको छ । भीएफआर उडानमा जहाज ल्यान्डका लागि १८ सयदेखि २२ सय मिटरको भिजिबिलिटी आवश्यक पर्छ । तर, आईएलएस जडान भएपछि ८०० मिटर भिजिबिलिटीमा पनि जहाजले अवतरण गर्न सक्दछ । अर्थात् प्रतिकूल मौसममा पनि उडान गर्न सक्दछ । 

आईएलएस जडानमा अनुमति नदिँदा हुस्सु लागेको बेला, भिजिबिलिटी कम भएको समयमा जहाज उडान प्रभावित हुँदै आएको थियो । आइएलएस सञ्चालन नआउँदा हाल नियमित उडान हुन सकेको छैन । यो सञ्चालनमा आएमा विमान उडानमा सहज हुने जानकारहरू बताउँछन् । 

भैरहवा–कुवेत नियमित उडान गर्दै आएको जजिरा एयरवेजले हिउँदको उडान रोकेको थियो । उक्त समयमा हुस्सु÷तुवालो लाग्ने भएका कारण भिजिविलिटी कम हुने हुन्छ । त्यसैले उडान नियमित नहुने भएपछि रोकेको थियो । 

कम्पनीहरूको चासो

हाल नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुर–भैरहवा हप्तामा एउटा उडान भर्दै आएको छ । हप्तामा तीनवटा उडान गर्दै आएको भएपनि करिब तीन महिनादेखि उडान रोकिएको छ । व्यवसायिक कारण देखाउँदै जजिराले उडान बन्द गरेको हो । 

विज एयर, थाइ स्मिाइल, मालिङ्गो एयरलाइन्स, श्रीलंकन एयरलाइन्सले उडानको चासो देखाएको सचिव अधिकारीले बताए ।  यस्तै, जजिराले भैरहवा–कुवेत उडान विन्टर सेडुलबाट सातामा तीन उडान गर्नका लागि निवेदन दिएको प्रधिकरणका प्रवक्ता भुलले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro