site stats
बाह्रखरी :: Baahrakhari
देश
बैतडीमा जंगली च्याउ खाँदा एकै परिवारका पाँचजना सिकिस्त
प्रतीकारात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैतडी । जंगली विषालु च्याउ खाँदा बैतडीमा पाँचजना सिकिस्त बिरामी भएका छन् ।

बिरामी पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–३, तडीगाउँमा ४८ वर्षीय टेकराज भट्ट, उनकी श्रीमती ३६ वर्षीया धैली भट्ट, छोरा १० वर्षीय भुवन, पाँच वर्षीय छोरा दशरथ र सात वर्षीया छोरी शारदा रहेका छन् । 

स्थानीय जंगलबाट ल्याएको च्याउ खाएपछि पाँचैजना बिरामी भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए  उनीहररूलाई उपचारका लागि स्थानीय वासुलिंग स्वास्थ्यचौकी लगिएकोमा त्यहाँ सम्भव नभएपछि डडेल्धुरा अस्पतालमा लगेर भर्ना गरिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्