site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बन्चरेडाँडामा दुर्गन्ध रोक्न ‘क्यापिङ’
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर पाँच दिनदेखि विसर्जन गरिएको छैन । नुवाकोट र धादिङको सिमानामा पर्ने बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध गरिएको हो ।

गएको सोमबारदेखि नुवाकोटको ककनी गाउँपालिका–२ र धादिङको धुनीबेँसी नगरपालिका–१ का स्थानीयवासी सडकमा उत्रिएर फोहोरका गाडीलाई अघि बढ्न रोकेका छन् ।

फोहोरको दुर्गन्धले आफूहरूलाई गाह्रो भएको भन्दै उचित व्यवस्थापन गर्नुपर्ने उनीहरूले माग गरेका छन् । संघ सरकार र काठमाडौं महानगरपालिकासित यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गरेका हुन् ।

यसैबीच, ल्यान्डफिल साइटमा यसअघि फालिएका फोहोर माटो हालेर पुर्ने र दुर्गन्ध कम गर्ने कार्य भइरहेको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले जानकारी दिए ।

“यसअघि फालिएका फोहोर दुर्गन्ध कम गर्न क्यापिङ गर्ने कार्य भइरहेको छ, माटो हालेर त्यसलाई ढाकिँदै छ । हिजो र आजसम्म ढाक्ने काम सकिन्छ होला,” उनले बाह्रखरीसित भने ।

गएको बुधबार सहरी विकास मन्त्रालयमा जनप्रतिनिधिसहित स्थानीयवासी छलफलका लागि आएका थिए । अध्यक्ष तामाङका अनुसार मन्त्रालयका तर्फबाट अनौपचारिक रूपमा छलफलका लागि बोलाइएको थियो । त्यसक्रममा दुई दिनभित्र फोहोरलाई ‘क्यापिङ’ गर्ने मौखिक सहमति भएको उनले जानकारी दिए ।

त्यसपछि फोहोरको दुर्गन्ध कम गर्न हिजोदेखि क्यापिङ गरिँदै छ । क्यापिङ गरिसकेपछि तत्काललाई फोहोर विसर्जनमा अवरोध नगरिने उनको विश्वास छ ।

“क्यापिङ गरिसकेपछि स्थानीयले फोहोर विसर्जन गर्न दिनुहुन्छ होला । मन्त्रालयमा लिखित सहमति नभएको भनेर उहाँहरू असन्तुष्ट त हुनुहुन्छ, तर अहिले दुर्गन्ध कम गरेपछि फोहोर फाल्न दिनेजस्तो हामीले बुझेका छौँ,” उनले भने ।

मन्त्रालयले आफूहरूसित समन्वय गरेर काम गरिरहेको उनले बताए । काठमाडौं महानगरपालिकाले भने अहिले कुनै समन्वय नगरेको उनको गुनासो छ । अप्ठ्यारो पर्दा मात्र महानगरले सम्झिने गरेको उनको भनाइ छ ।

काठमाडौं महानगरका जनप्रतिनिधिले भने फोहोरको सहज व्यवस्थापनका लागि आफूहरू लागिपरेको जिकिर गरेका छन् । महानगरका प्रवक्ता नवीन मानन्धरले स्थानीयको अवरोधका कारण पाँच दिनयता फोहोर विसर्जन गर्न नसकिएको बताए ।

“दुर्गन्धित भयो भन्ने उहाँहरूको कुरा छ, कसरी व्यवस्थापन गर्ने भनेर हामी लागिपरेका छौँ,” उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro