site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंको फोहोर विर्सजनमा अवरोध, स्थानीयले रोके गाडी
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा फेरि अवरोध गरिएको छ । नुवाकोट र धादिङका स्थानीयले बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध गरेका हुन् ।

नुवाकोटको ककनी गाउँपालिका–२ र धादिङको धुनीबेँसी नगरपालिका–१ का स्थानीयवासी सडकमा उत्रिएर फोहोरका गाडीलाई अघि बढ्न रोकेका छन् । आज बिहान करिब ७ बजेदेखि नै स्थानीयले अवरोध गरेको नुवाकोटको ओखरपौवा प्रहरीचौकीले जनाएको छ ।

प्रहरीका अनुसार त्यहाँ अहिले सडकमा फोहोर बोकेका गाडीको लामो लाइन छ ।

धुनीबेँसी–१ र ककनी–२ को सीमामा पर्ने पुलमा स्थानीयले अवरोध गरेको धुनीबेँसी–१ का वडाध्यक्ष मानबहादुर तामाङले जानकारी दिए ।

स्थानीय आफैँ सडकमा उत्रिएर काठमाडौंबाट गएका फोहोर बोकेका गाडीलाई अघि बढ्न नदिएको उनले बताए । स्थानीयको आन्दोलनमा आफूहरूको समर्थन रहेको उनको भनाइ छ ।

“स्थानीयको माग र आन्दोलनमा हाम्रो समर्थन छ । हामी जनप्रतिनिधिले अवरोध गरेका होइनौँ, तर स्थानीयलाई हामी मौन समर्थन गर्छौँ,” उनले बाह्रखरीसित भने, “स्थानीयका कुरा बुझ्न भने हामी पनि त्यहाँ जानेछौँ ।”

संघ सरकार र काठमाडौं महानगरपालिकासित यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गरेको उनले बताए ।

“हामीलाई अब धेरै गाह्रो भयो, कि यहाँ फोहोर फाल्न रोक कि हामीलाई उचित व्यवस्थापन गर भन्ने स्थानीयको माग छ,” उनले भने, “यसअघिका सहमति पनि कार्यान्वयन भएको छैन । स्थानीयलाई धेरै गाह्रो भएको छ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १०:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro