site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली महिला फुटबल टिमलाई युनिलिभरको प्रायोजन

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई युनिलिभर नेपालले प्रायोजन गरेको छ । युनिलिभरले नेपाली महिला टिमलाई एक वर्षका लागि २५ लाख रुपैयाँको प्रायोजन गरेको हो ।

मंगलबार एक कार्यक्रमको आयोजना गर्दै युनिलिभर र अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा युनिलिभरका एमडी अम्लोन मुखर्जी, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई लगायतको उपस्थिति थियो ।

सम्झौता कार्यक्रममा बोल्दै अखिल एन्फाका अध्यक्ष नेम्वाङले युनिलिभरको प्रायोजनले महिला टिमले सन् २०२७ वा २०३१ को विश्वकप खेल्ने योजनालाई अझ सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

“राष्ट्रिय महिला टिमलाई प्रायोजन गरेकोमा युनिलिभरलाई धन्यवाद र आगामी दिनमा प्रगतीको कामना गर्न चाहन्छु । एन्फा अहिले नेपाली महिला टिमले २०२७ वा २०३१ को विश्वकप खेल्ने योजनामा लागिरहेको छ । युनिलिभरको यो साथले महिला टिमको विश्वकप खेल्ने योजनामा अझ सहयोग पुर्‍याउनेछ भन्ने विश्वास छ,” अध्यक्ष नेम्वाङले भने ।

नेपाली महिला टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले युनिलिभरको यो प्रायोजनले महिला टिम र फुटबल खेलिरहेका सबै महिला खेलाडीहरूलाई प्रोत्साहित गरेको बताइन् ।

“प्रायोजनाका लागि महिला टिम रोज्नुभएकोमा एन्फा र युनिलिभर नेपालप्रति हार्दिक आभार व्यक्त गर्दछु । यसले नेपाली महिला टिम र फुटबल खेलिरहेका अन्य महिला खेलाडीलाई पनि प्रोत्साहित गरेको छ । महिला टिमलाई प्रायोजन गरेकोमा युनिलिभरप्रति सम्पूर्ण खेलाडीको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि धन्यवाद व्यक्त गर्न चाहन्छु,” कप्तान एन्जिलाले भनिन् ।

यस्तै, कार्यक्रममा युनिलिभरका एमडी अम्लेन मुखर्जीले युनिलिभरले लैंगिक समानतालाई जोड दिएको बताए ।

“युनिलिभरले लंैगिक समानतालाई जोड दिएको छ । हामीले महिलाहरूको विकासलाई कार्य गरिरहेका छौँ । नेपाली महिला टिमसँग निकै राम्रो क्षमता छ । नेपाली महिला टिमलाई प्रायोजन गर्न पाउँदा खुसी छौँ,” एमडी मुखर्जीले भने ।

युवा तथा खेलकुदमन्त्री लिम्बूले नेपाली महिला टिमले सीमित स्रोत साधनका बीच पनि राम्रो नतिजा ल्याउन सफल भएको बताए ।

“नेपाली महिलाहरूको खेलको विकासका लागि युनिलिभर नेपालले जुन प्रायोजन गरेको छ । यसको म उच्च सम्मान र धन्यवाद ज्ञापन गर्न चाहन्छु । खेल क्षेत्रबाट खेलाडीको वृद्धि विकासको वातावरण बनाउनका हामी सबै मिलेर साझा प्रयत्न गर्न जरुरी छ । खेलको माध्यमबाट विश्वले नेपाललाई चिन्ने मौका पाएको छ । यसको सबै श्रेय खेलाडीलाई दिन चाहन्छु । सीमित श्रोत साधन भए पनि राम्रो नतिजा ल्याउन सफल भएकोमा धन्यवाद दिन चाहन्छु,” मन्त्री लिम्बूले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro