अर्थ व्यवसाय
काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँका कारोबार भएको छ । तेजाबी सुन सोमबार एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ४८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २, २०८० ११:२२
प्रतिक्रिया दिनुहोस्