site stats
बाह्रखरी :: Baahrakhari
देश
विराटनगरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

मोरङ । मोरङको विराटनगर महानगरपालिका–३ मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

कोसी प्रदेश १–०२–०५०प ९७९६ नम्बरको स्कुटर आइतबार (जेठ ४) अनियन्त्रित भई दुर्घटना हुँदा चालक विराटनगर–८ का ५५ वर्षीय मोहम्मद.अब्दुल कलाम घाइते भएका थिए । उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा उनको मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  २३:५८
प्रतिक्रिया दिनुहोस्