site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सशस्त्रले बरामद गर्‍यो एक अर्ब २६ करोडभन्दा बढीको सामान
SkywellSkywell

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले आर्थिक वर्ष २०७९/०८० मा चोरीपैठारीका सामान नियन्त्रणमा लिई एक अर्ब २६ करोड ४४ लाख २४ हजार ३७० रुपैयाँ बराबरको भन्सार दाखिला गरेको छ । आर्थिक वर्ष २०७८/०७९ कोभन्दा यस आर्थिक वर्षमा करिब २७ प्रतिशत बढी दाखिला भएको हो ।

सो अवधिभर सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटहरुले साउन महिनामा नौ करोड ७९ लाख तीन हजार ३३४ रुपैयाँ, भदौ महिनामा ११ करोड २५ लाख ११ हजार ७२० रुपैयाँ, असोज महिनामा आठ करोड, ७४ लाख ९४ हजार ६८३ रुपैयाँ, कात्तिक महिनामा ६ करोेड ९१ लाख ५८ हजार ५०९ रुपैयाँ बराबरको मालसामान बरामद गरेका थिए ।

त्यस्तै, मंसिर महिनामा आठ करोड ४८ लाख ५१ हजार ३५३ रुपैयाँ, पुस महिनामा १७ करोड ५८ लाख ५० हजार २८३ रुपैयाँ, माघ महिनामा आठ करोड १९ लाख ९६ हजार ७५३ रुपैयाँ, फागुन महिनामा आठ करोड ७९ लाख ६० हजार १६५ रुपैयाँ बराबरको भन्सार दाखिला भएको थियो ।

KFC Island Ad
NIC Asia

साथै, चैत्र महिनामा ११ करोड, १८ लाख ३० हजार २६२ रुपैयाँ, वैशाख महिनामा १३ करोड ८१ लाख ८९ हजार ९३१ रुपैयाँ, जेठ महिनामा ११ करोड ४३ लाख ६४ हजार ६०१ रुपैयाँ र असार महिनामा १० करोड, २३ लाख १२ हजार ७७७ रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०७९/०८० मा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरुले उल्लेखित मूल्य बराबरको अवैध चोरीनिकासी बरामद, वन पैदावार, सुनचाँदी र अवैध रुपैयाँ बरामद गरी भन्सार दाखिला गरेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले बताए ।

सो अवधिमा नं. १ बराह बाहिनी मुख्यालय सुनसरीले २८ करोड ७३ लाख ४५ हजार ५९३ रुपैयाँ, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले ६५ करोड, ७० लाख २६ हजार ६९५ रुपैयाँ, नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरले एक करोड ९० लाख ९९ हजार ६६८ रुपैयाँ, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीले दुई लाख ८१ हजार ४०० रुपैयाँ बरामद गरी भन्सार दाखिला गरेको हो ।

त्यस्तै, नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीले २२ करोड १६ लाख १५ हजार ७६६ रुपैयाँ र नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले सात करोड ८३ लाख ४५ हजार २४८ रुपैयाँ भन्सार दाखिला गरेको समेत वरिष्ठ उपरीक्षक खड्काले जानकारी दिए ।

सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रको सुरक्षालाई थप मजबुद बनाउनको लागि बीओपीको संख्या बढाउनुको साथै सीसीक्यामेरा जडान र मनिटरिङ्गलाई समेत विशेष महत्व दिएको छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्ममा सशस्त्र प्रहरी नायव उपरीक्षकको कमान्ड रहने व्यवस्था गरी समन्वयको पक्षलाई बढी प्रभावकारी बनाउनुको साथै सीमा क्षेत्रमा खटिएका सबै सरोकारवाला निकायहरुसँग सुमधुर सम्बन्धका साथ प्रभावकारी रुपमा समन्वय हुँदै आइरहेको समेत प्रवक्ता खड्काले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro