site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आर्थिक वर्षको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । आर्थिक वर्षको पहिलो दिन सोमबार स्थानीय बजारमा सुनचाँदीको मूल्य स्थिर छ । 

सोमबार सुनको मूल्य तोलाको एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

गत कारोबार दिन आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो । 

आज तेजाबी सुन तोलाको एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै, चाँदी प्रतितोला एक हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १०:३७
प्रतिक्रिया दिनुहोस्