site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आयातकर्ता र वितरकले सामानमा आजदेखि लेबल लगाउनुपर्ने

काठमाडौं । भन्सार विभागले आजदेखि आयात हुने सम्पूर्ण वस्तुमा आयातकर्ता र वितरकको लेबल लगाउनुपर्ने बताएको छ ।

आर्थिक ऐन २०८० को भन्सारसम्बन्धी अनुसूची १ को दफा १८ को उपदफा (४) मा भएको व्यवस्था अनुरुप विभागले निर्देशन दिएको हो ।

आर्थिक ऐनअनुसार आर्थिक वर्ष २०८०/०८१ को साउन १ गतेदेखि पैठारी हुने तयारी मालवस्तु बजारमा बिक्री वितरणका लागि पठाउनुअघि त्यस्ता मालवस्तुको प्याकिङमा पैठारीकर्ता र बजार वितरकको पूरा विवरण भएको लेवल लगाउनुपर्नेछ ।

त्यसैका लागि विभागले कसरी लेबल लगाउने र के–के विवरण उल्लेख गर्ने भन्ने विषयमा सरोकारवालाहरूलाई जानकारी गराइसकेको छ । आजदेखि लेबल नलगाएरै वस्तु बजारमा बिक्री वितरण भएमा कारबाही हुने विभागले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ०५:०८
प्रतिक्रिया दिनुहोस्