अर्थ व्यवसाय

काठमाडौं । आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको एकीकृत कारोबार सुरु भएको छ । आजदेखि आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत वित्तीय कारोबार सुरु भएको हो ।
साविक आशा लघुवित्तका संस्थापक अध्यक्ष रामबहादुर पाण्डेले केन्द्रीय कार्यालयमा रिबन काटेर एकीकृत कारोबारको उद्घाटन गरेका थिए ।
एकीकृत कारोबारका लागि दुवै संस्थालाई नेपाल राष्ट्र बैंकले असार २२ र नेपाल धितोपत्र बोर्डले असार २६ गते अन्तिम स्वीकृति दिएको थियो ।
आशाले राष्ट्र उत्थान लघुवित्तलाई १ः१ को सेयर स्वाप रेसियोमा प्राप्ति गरेको हो ।
प्रकाशित मिति: आइतबार, असार ३१, २०८० २०:५८
प्रतिक्रिया दिनुहोस्