site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मेसी सन् २०२५ सम्म इन्टर मियामीमा रहने

काठमाडौं । अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीले अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई आधिकारिक रूपमा सार्वजनिक गरेको छ । मेसीलाई इन्टर मियामीले शनिबार राति आधिकारिक रूपमा सार्वजनिक गरेको हो ।

सातपटकका बालन डी‘अर विजेता मेसीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)सँगको सम्झौता नवीकरण नगरी अमेरिकी लिग गएका हुन् । इन्टर मियामीले मेसीसँग सन् २०२५ सम्मको सम्झौता गरेको छ ।

Dabur Nepal
NIC Asia

“म मेरो करियरमा अमेरिकाको इन्टर मियामीबाट यो नयाँ अनुभव हासिल गर्नका लागि निकै उत्साहित छु,” सम्झौतापछि मेसीले भने ।

मेसीको कप्तानीमा अर्जेन्टिनाले गत वर्ष कतारमा सम्पन्न फिफा विश्वकपको उपाधि जितेको थियो । सो सम्झौतापछि इन्टर मियामीका सहमालिक डेभिड बेकह्यामले ‘सपना साकार भएको’ बताए ।

मेसी जुलाई २१ मा हुने लिग्स कपअन्तर्गत क्रुज एजुलविरुद्धको खेलमा इन्टर मियामीका लागि उपलब्ध हुनेछन् ।

स्पेनिस क्लब बार्सिलोनाबाट पीएसजीमा अनुबन्धित मेसीले फ्रान्सेली क्लबका लागि दुई सिजन खेलेका थिए । पीएसजीबाट ७५ खेल खेल्दा उनले ३२ गोल गरे । उनले गत सिजन लिग वानमा १६ गोल र १६ असिस्ट गरेका थिए ।

पीएसजीमा अनुबन्ध हुनुअघि २१ वर्ष बार्सिलोनामा बिताएका मेसीले स्पेनिस क्लबका लागि कीर्तिमानी ६७२ गोल गरेका छन् । बार्सिलोनाबाट १० ला लिगाको उपाधि जितेका मेसी ला लिगा र बार्सिलोना दुवैका उच्च गोलकर्ता हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ०९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro