site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अभिनेता सारुक ताम्राकार झुण्डिएको अवस्थामा मृत फेला  

काठमाडौं । अभिनेता सारुक ताम्राकार मृत भेटिएका छन् ।  काठमाडौं रातोपुलस्थित घरमा उनी मृत भेटिएका हुन् । बिहीबार राति ११ बजे झुण्डिएको अवस्थामा उनी मृत फेला परेका हुन् । 

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । भर्‍याङको रेलिङका प्लास्टिकको पाइपले पासो लगाएको अवस्थामा मृत फेला परेको उनले बताए । 

“झुण्डिएको अवस्थामा शव फेला परेको छ । घटना के कारणले भएको हो हामी अनुसन्धानमा छौँ,” प्रवक्ता रिजालले बाह्रखरीसँग भने, “अहिलेसम्म केही कारण पत्ता लागेको छैन ।”  ३१ वर्षे सारुकले ‘रानी’, ‘मेरी मामु’, ‘इन्टु मिन्टु लण्डन’मा लगायत चलचित्रमा अभिनय गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ०८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro