site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘जन्ते बाख्रो’को पोस्टरमा के छ ? 

काठमाडौं । चलचित्र ‘जन्ते बाख्रो’ पोस्टर सार्वजनिक गरिएको छ । हास्य, रहस्य, ग्रामीण परिवेश र समसामयिक विषयलाई संयोजन गर्दै तयार गरिएको पोस्टर सार्वजनिक गरिएको हो । 

जेठ २३ मा प्रदर्शन हुने चलचित्रको पोस्टरमा सम्पूर्ण कलाकार फिचर्ड छन् । यद्यपि, दुई कलाकारलाई हाइलाइट गरिएको छ । गरिमा शर्मा र सौगात मल्ललाई हाइलाइट गरिएको छ । 

पोस्टरमा अभिनेता सौगात र गरिमासँगै आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहारी, कमल देवकोटा, रुषा न्यौपानेलगायत कलाकार देखिएका छन् । 

पोस्टरमा बाख्रोलाई पोस्टरको केन्द्रीय पात्र बनाइनुले कथावस्तुमा कमेडी रहेको संकेत गर्छ । 

सिमोश सुनुवारको निर्देशनमा तयार भएको चलचित्र ‘जन्ते बाख्रो’ मा रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायत कलाकारहरूको पनि अभिनय रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro