
काठमाडौं । नायक रमेश उप्रेती चलचित्रमा फर्किएका छन् । ६ वर्षपछि उनी चलचित्रमा फर्किएका हुन् ।
६ वर्षअगाडि रमेश मुख्य भूमिकामा रहेको चलचित्र ‘ऐश्वर्य’ रिलिज भएको थियो । त्यसयता उनले अभिनय गरेका कुनै पनि चलचित्र रिलिज भएका छैनन् ।
रमेश ‘महाराजधिराज’मा अनुबन्ध हुँदा ६ वर्षपछि उनलाई ठूलो पर्दामा दर्शकले देख्न पाउने भएका छन् । रमेश ‘महाराजधिराज’मा मुख्यमध्ये एक भूमिकामा अनुबन्ध भएका हुन् ।
‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दैछन् । ‘महाराजधिराज’को पोस्टर यसअघि नै रिलिज भइसकेको छ ।
फूलपातीलाई प्रदर्शन मिति घोषणा गर्दै सिनेमामा अभिनेता पल शाहले मुख्य भूमिका निर्वाह गर्ने जानकारी निर्माणपक्षले यसअघि नै दिइसकेको छ ।
सिनेमामा निर्देशक सेन स्वयंको लेखन रहेको छ । ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।