site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘बलिदान’को प्रि–टिजर युट्युबको ट्रेन्डिङमा 

काठमाडौं । चलचित्र ‘बलिदान’को प्रि–टिजर युट्युबको ट्रेन्डिङमा आएको छ । मुभी सेक्सनको एक नम्बर ट्रेन्डिङमा आइपुगेको हो । 

बिहीबार रिलिज भएको प्रि–टिजर २४ घण्टा नपुग्दै एक नम्बर ट्रेन्डिङमा आइपुगेको हो । ‘बलिदान’ निर्माणपक्षले अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर प्रि–टिजर सार्वजनिक गरेको थियो ।  

प्रि–टिजरमा चलचित्रका प्रमुख कलाकार समीर भट्टको एक्सन छ । विराज भट्टको न्यारेसनसँगै सुरु हुने टिजरमा समीरको एक्सन समेटिएको छ । 

दसैँको फूलपातीमा रिलिज हुने चलचित्र ‘बलिदान’लाई सन्तोष सेनले निर्देशन गरेका छन् । 

चलचित्रमा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय छ । 

आसुसेन फिल्म्सकाे प्रस्तुति रहेको यस चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माता छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro