site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
श्रीलंकाले निजी विश्वविद्यालयमा पढ्न निर्ब्याजी ऋण दिने
Sarbottam CementSarbottam Cement

कोलम्बो । सन् २०१९ देखि २०२१ सम्म विश्वविद्यालयको प्रवेश परीक्षा दिएका श्रीलंकाका विद्यार्थीहरूलाई निजी विश्वविद्यालयहरूमा अध्ययन गर्न चाहेमा निर्ब्याजी ऋणको व्यवस्था गरिँदै छ । त्यसका  लागि मङ्गलबारदेखि शुक्रबारसम्म आवेदन दिन सकिने वरिष्ठ अधिकारीले बताएका छन् ।

ऋण योजनाका लागि पाँच हजार विद्यार्थी छनोट गर्ने सरकारको योजना रहेको अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले कोलम्बोमा बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

छनोट भएका विद्यार्थीहरूले रोजगारमूलक पाठ्यक्रमहरू अपनाउनु पर्नेछ । प्रत्येक विद्यार्थीका लागि सरकारी बैंकबाट उपलब्ध गराइने ब्याजरहित ऋण ११ लाख रुपैयाँ (करिब तीन हजार ४०० अमेरिकी डलर)सम्म रहेको बताइएको छ ।

सन् २०२३ मा विश्वविद्यालय प्रवेश परीक्षामा तीन लाख ३३ हजार ७०० भन्दा बढी विद्यार्थीहरू सहभागी थिए । तीमध्ये केबल ३० हजार विद्यार्थीहरू राज्यको स्वामित्वमा रहेका विश्वविद्यालयहरूमा प्रवेश पाउन सक्छन् । रासस(सिन्ह्वा

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement