site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मुग्लिन–नारायणगढ सडक : पहिरो हटाउन अझै डेढ घण्टा लाग्ने
तस्बिर : सडक डिभिजन भरतपुर ।

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड गए राति करिब १२ बजेदेखि अवरुद्ध छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलनजिक पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

आज बिहानदेखि पहिरो पन्छाउने कार्य भइरहेको सडक डिभिजन भरतपुरका सूचना अधिकारी चण्डेश्वर साहले जानकारी दिए ।

थप अवरोध नभए अबको करिब डेढ घण्टामा पहिरो पन्छाउने कार्य सकिनेछ । त्यसपछि यातायातका साधन सञ्चालन गराइने उनले बताए ।

“अब डेढ घण्टाजतिमा पहिरो हटाएर सकिन्छ । अहिले पहिरो झर्न रोकिएको छ,” उनले बाह्रखरीसित भने, “यही अवस्थामा डेढ घण्टाजतिमा सडक खुलाउन सकिने अनुमान गरेका छौँ । थप पहिरो झरेको खण्डमा ढिलो पनि हुनसक्छ ।”

muglin narayangadh pahiro21688293690.jpg

पहिरो हटाउन चारवटा ‘मेसिन’ प्रयोग गरिएको उनले जानकारी दिए । उनका अनुसार दुई लोडर र दुई एक्साभेटर पहिरो पन्छाउन प्रयोग गरिएको छ ।

“चारवटा मेसिन प्रयोग गरेर काम गरिरहेका छौँ । बेलाबेलामा पहिरो झर्ने र रोकिने भइरहेको थियो, अहिले स्टेबल (स्थिर) छ,” सूचना अधिकारी साह भने ।

पहिरो पन्छाएर दुईतर्फी नै सवारी आवागमन सञ्चालनको तयारी गरिएको उनले बताए ।

सडक अवरुद्ध हुँदा उक्त सडकखण्डमा ठूलो संख्यामा सवारीसाधन र यात्री रोकिएका छन् ।

muglin narayangadh jam1688293711.jpg

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro