site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाल क्यान्सर निको हुने दर ६० प्रतिशत पुर्‍याउन चुनौती
Tiktok banner adTiktok banner ad

काठमाडौं । बालबालिकामा हुने क्यान्सर निको हुने दर सन् २०३० सम्ममा ६० प्रतिशत पुर्‍याउने दिगो विकास लक्ष्यमा उल्लेख छ । तर, सात वर्षमा यो लक्ष्य भेट्न चुनौती रहेकको विज्ञहरूले बताएका छन् । हाल ४० प्रतिशत रहेको यो दर बढाउन क्यान्सरको उपचारमा प्रयोग हुने औषधि निःशुल्क गरेर अघि बढ्ने सरकारको योजना छ । 

असार १३ र १४ गते धुलिखेलमा भएको बाल क्यान्सरको उपचारसम्बन्धि कार्यशाला गोष्ठीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटीले बर्सेनि एक हजार पाँचसयदेखि दुई हजार बालबालिकामा क्यान्सर देखिने भए पनि त्यसको एक तिहाइ मात्रै उपचारमा आइपुग्ने गरेको तथ्यांक प्रस्तुत गरे । बाँकी बालबालिकाको खोजी गरी उपचारमा ल्याउनु नै अहिलेको प्रमुख चुनौती भएको उनको भनाइ छ । 
 
कान्ति बालअस्पतालका क्यान्सर रोग विशेषज्ञ डा.सुधिर सापकोटाका अनुुसार विकसित देशमा ८५ प्रतिशत बालबालिकालाई क्यान्सरको उपचारपछि निको हुने गरेको तथ्यांक छ । तर, नेपालको हकमा वास्तविक तथ्यांकको अभावमा निको हुने दर यकिन गर्न नसकिएको उनको अनुभव छ ।

बाल क्यान्सरको उपचारमा प्रयोग हुने ३५ प्रकारका औषधि नि:शुल्क गरिँदै
 
कान्ति बाल अस्पतालमा हाल बाल क्यान्सर निको हुने दर ६८ प्रतिशत छ । अर्थात् पूर्ण उपचार पाएका ६० प्रतिशत बालबालिका निको हुने गरेका छन् । तर, क्यान्सरको उपचार हुने सबै अस्पतालको तथ्यांक हेर्ने हो भने निको हुने दर ४० प्रतिशत मात्रै रहेको कान्ति बाल अस्पतालका निर्देशक डा. युवनिधी बसौला बताउँछन् । यसको प्रमुख कारण बालबालिका उपचारमा ढिलो आइपुग्नु रहेको उनको भनाइ छ । पूरा उपचार नगराउने बालबालिकाको दर २० प्रतिशतभन्दा माथि रहेको उनले जानकारी दिए । 
 
सन् २०३० सम्म बाल क्यान्सर निको हुने दर ६० प्रतिशत पुर्‍याउन सरकारले ३५ प्रकारका औषधि निःशुल्क गर्ने भएको छ । ती औषधि आउँदो भदौदेखि उपलब्ध हुनेगरी ल्याउन लागिएको डा. बसौलालो बताए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro