site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बुद्ध एयरले एटीआर–७२ जहाज खरिद गर्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली उड्डयन क्षेत्रमा सबैभन्दा ठुलो निजी वायुसेवा कम्पनी बुद्ध एयरले नयाँ जहाज खरिद गर्ने भएको छ । बुद्ध एयरले एटीआर–७२ जहाज खरिदका लागि प्रक्रिया नै थालिसकेको जनाएको छ ।

बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णका अनुसार जहाजलाई नियमित रूपमा जहाज मर्मत सम्भारमा राख्नुपर्ने हुन्छ । मर्मत सम्भार गर्दा उडान तालिका प्रभावित हुन नदिन जहाज खरिद गर्न लागिएको उनले बताए । 

बुद्ध एयरले पोखराबाट अन्य सहरमा सिधा उडान गर्न र विभिन्न गन्तव्यमा उडानको संख्या बढाउने तयारी गरिरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बुद्ध एयरले हाल काठमाडौंबाहिर पोखरालाई दोस्रो हब बनाएर देशका विभिन्न गन्तव्यमा सिधा उडान भरिरहेको छ । उसले पोखराबाट नेपालगञ्ज, भैरहवा, र भरतपुरको सिधा उडान भइरहेको छ ।

बुद्धले काठमाडौंबाट पोखरा दैनिक १५ वटा उडान गरिरहेको छ । भैरहवा ९ वटा, विराटनगरमा पनि ९ वटा, पोखरामा १५ वटा दैनिक उडान भरिरहेको बुद्ध एयरका प्रवक्ता कर्णले जानकारी दिए ।

Global Ime bank

यस्तै, काठमाडौं–टुम्लिङटारमा पनि एटीआर जहाजबाट उडान सुरु गरेको छ । सुर्खेतमा सातामा एउटा उडानको भरिरहेका बुद्ध एयरले अहिले दुईवटा उडान भरिरहेको छ ।

हाल बुद्ध एयरसँग १५ वटा एटीआर जहाज छन् । जसमा १२ वटा एटीआर–७२ र तीनवटा एटीआर–४२ वटा जहाज छन् ।

हाल बुद्ध एयरले जहाज खरिदका लागि प्रक्रिया अघि बढाइसकेको छ । खरिदको प्रक्रियामा रहेको जहाज जुलाई अन्तिम वा अगस्ट पहिलो सातासम्म नेपाल ल्याइने प्रवक्ता कर्णले बताए ।

बुद्ध एयरले गत वैशाखमा मात्र एटीआर जहाज भित्र्याएको थियो ।

बुद्ध एयरले गत माघमा व्यावसायिक उडान सुरु गरेको १९ सिट क्षमताको बिचक्राफ्ट जहाज बिक्री गरेको थियो । दुई वटा ‘बी १९०० डी’ क्यानेडियन कमपनीलाई बिक्री गरेको हो । त्यसपछि बुद्ध एयरले वैशाखमा एटीआर–७२ जहाज खरिद गरेर नेपाल ल्याएको थियो ।

नेपालमा उडान भर्दै आएका जहाजमध्ये एटीआर सबैभन्दा सुरक्षित मानिन्छ । बुद्ध एयरले नेपाली उडान क्षेत्रमा ६० प्रतिशत हिस्सा रहेको छ । बुद्ध एयरले हाल आन्तरिक र अन्तर्राष्ट्रिय गरेर करिब १५ गन्तव्यमा उडान भर्दै आइरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement