site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालले पाकिस्तानलाई हरायो

काठमाडौं । समूह चरणको आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई हराउँदै नेपालले साफ च्याम्पियनसिप–२०२३ को सुखद अन्त्य गरेको छ । 

मंगलबार भारतको बेंग्लुरुस्थित श्री कान्तिराभा रंगशालामा सम्पन्न खेलमा आशीष चौधरीले गरेको गोल निर्णायक बन्दा नेपालले पाकिस्तानविरुद्ध १–० को साँघुरो जित निकालेको हो । ८०औँ मिनेटमा आशीषले पाकिस्तानको डेड लक तोड्दै नेपाललाई अग्रता दिलाएका थिए । १८ यार्ड बक्सबाहिर लाकेनले मिलाएको बलमा आशीषले उत्कृष्ट गोल गरेका थिए ।

नेपालका लागि आशीषको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

Dabur Nepal
NIC Asia

त्यसअघि पनि नेपालले गोलका केही सुन्दर अवसर खेर फालेको थियो । ११औँ मिनेटमा नेपालमा विमल घर्तीमगरले पाकिस्तानको पेनाल्टी क्षेत्रभन्दा बाहिर पाएको फ्रिकिक सदुपयोग गर्न सकेनन् । विमल 'वान भर्सेस वान' अवस्थामा रहँदा विमललाई पाकिस्तानका रक्षक एसाह सुलेमानले १८ यार्ड बक्स नजिकै फाउल गरेपछि नेपालले फ्रिकिक पाएको थियो । तर, उक्त फाउलमा विमलले नै प्रहार गरेको फ्रिकिकले पाकिस्तानी गोलकिपरका लागि कुनै असहजता बनाउन सकेन ।

Nepal vs Pakistan (1)1687867469.png

४२औँ मिनेटमा नेपालका विमल घर्तीमगरले गोलको सुनौलो मौका गुमाउँदा नेपालले गोल गर्न सकेन । मनिष डांगीले लेफ्ट साइटबाट गरेको क्रसमा पेनाल्टी बक्सभित्र रहेको विमलको फितलो प्रहार गर्दा नेपालले गोलको मौका गुमाएको थियो । 

६१औँ मिनेटमा नेपालका मनिष डांगीले गोलको अर्को सुन्दर अवसर खेर फाले । नवयुगले निकालेको पासमा मनिषले पेनाल्टी बक्सभित्र वान भर्सेस वानको अवस्थामा पाकिस्तानी गोलकिपरलाई बिट गर्न सकेनन् । मनिषको प्रहार पाकिस्तानी गोलकिपर युसुफ बटले विफल बनाएका थिए ।

६८औँ मिनेटमा देवेन्द्र तामाङको फ्रिकिक बारमा लागेर फर्किंदा नेपालले अग्रता बनाउन सकेन । पाकिस्तानी रक्षकले नेपालका लाकेन लिम्बुलाई फाउल गरेपछि नेपालले फ्रिकिकको अवसर पाएको थियो । यस्तै, एरिक विष्टले ७३औँ मिनेटमा गरेको फ्रिकिक प्रहारमा पुनः बार बाधक बनेको थियो ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेका दुवै टिमको यो खेल यस संस्करणको अन्तिम खेल हो । यसअघि दुई खेलमा हार बेहोरेको नेपाल र पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भइसकेको छ । नेपालले यसअघि पहिलो खेलमा कुवेतसँग ३–१ र दोस्रो खेलमा भारतसँग २–० को हार बेहोरेको थियो । 

Nepal vs Pakistan (2)1687867459.png

पाकिस्तानले भने भारत र कुवेत दुवै टोलीसँग समान ४–० को हार बेहोरेको थियो । यो समूहबाट भारत र आमन्त्रित टिम कुवेत सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । तर, समूह विजेता र उपविजेताको टुंगो भने आजै साँझ ७ः४५ बजेदेखि हुने खेलबाट लाग्ने छ ।

च्याम्पियनसिपमा योपटक दुई आमन्त्रित कुवेत र लेबनानसहित आठ टिमले प्रतिस्पर्धा गर्दै छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा सात टिम रहे पनि योपटक फिफाको प्रतिबन्धका कारण श्रीलंका प्रतियोगितामा सहभागिताको अवसरबाट वञ्चित छ ।

सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै प्रतियोगिताको सर्वाधिक सफल तथा साविक विजेता भारतसँगै पाकिस्तान र कुवेत छन् । समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

Nepal vs Pakistan (3)1687867459.png

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १७:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro