site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आमन्त्रित टोली लेबनानको लगातार दोस्रो जित

काठमाडौं । आमन्त्रित टोली लेबनानले साफ च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ ।

आइतबार भारतको बेंग्लुरुस्थित श्री कान्तिराभा रंगशालामा सम्पन्न समूह ‘बी’ को खेलमा भुटानलाई ४–१ ले हराउँदै कुवेतले सेमिफाइन प्रवेशको सम्भावनालाई बलियो बनाएको हो ।

लेबनानको जितमा मह्दी जेइन, खालिल बडेर, अली हाज र मोहम्मद सदेकले समान एक गोल गरे । भुटानको चेन्चो ग्याल्सेनले एक गोल फर्काएका थिए ।

Dabur Nepal
NIC Asia

खेलको ११औँ मिनेटमा सदेकले गोल गर्दै लेबनानलाई अग्रता दिलाएका थिए । २४औँ मिनेटमा हाजले गोल गर्दै लेबनानको अग्रतालाई २–० मा पुर्‍याए । ३५औँ मिनेटमा बडेरको गोलमा लेबनानले अग्रतालाई ३–० मा पुर्‍याए । यस्तै, ४३औँ मिनेटमा जेइनले गोल गरेपछि लेबनानले अग्रतालाई ४–० मा पुर्‍याए ।

लगातार दोस्रो हार बेहोरेको भुटानको भने सेमिफाइनल पुग्ने गणितीय सम्भावना मात्र बाँकी  छ । भुटान यसअघि पहिलो खेलमा माल्दिभ्ससँग २–० ले पराजित भएको थियो ।

लगातार दोस्रो जित निकालेको लेबनानले पहिलो खेलमा बंगलादेशलाई २–० ले हराएको थियो ।

जितसँगै दुई खेलबाट ६ अंक जोडेको लेबनान समूह ‘बी’ को शीर्ष स्थानमा छ । समान खेलबाट अंकविहीन भुटान तालिकाको पुछारमा छ । यसअघि आजै भएको पहिलो खेलमा बंगलादेशले माल्दिभ्सलाई ३–१ ले हराएको थियो ।

सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै प्रतियोगिताको सर्वाधिक सफल तथा साविक विजेता भारत, पाकिस्तान र कुवेत छन् । समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

च्याम्पियनसिपमा योपटक दुई आमन्त्रित कुवेत र लेबनानसहित आठ टिमले प्रतिस्पर्धा गर्दै छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा सात टिम रहे पनि योपटक फिफाको प्रतिबन्धका कारण श्रीलंका प्रतियोगितामा सहभागिताको अवसरबाट वञ्चित छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०८०  २१:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro