site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीका चारै दाजुभाइले लिए नागरिकता

काठमाडौं । नागरिकता संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीसहित चारैजना दाजुभाइले नागरिकता प्राप्त गरेका छन् । सर्वोच्च अदालतले नागरिकता संशोधन ऐन कार्यान्वयन गर्ने बाटो खोलेपछि आइतबार उनीहरूले नागरिकता पाएका हुन् ।

नागरिकता प्राप्त गरेको फोटो सेयर गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्– 'लामो संघर्षपछि नागरिकता पाएको खुसी ।'

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका बुवा–आमाले जन्मका आधारमा नागरिकता पाएका थिए ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनबाट दुईपटक पारित भएको नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरी थन्क्याइदिएकी थिइन् । उक्त विधेयकलाई प्रमाणीकरण गर्न सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेको थियो । त्यसपछि राष्ट्रपति पौडेलले नागरिकता संशोधन विधेयक प्रमाणीकरण गरेका थिए । 

पौडेलको प्रमाणीकरण अवैध रहेको भन्दै सर्वोच्चमा रिट परेको थियो । रिटमा प्रारम्भिक सुनुवाइपछि एकल इजलासले प्रमाणित ऐन कार्यनवयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेश बुधबार संयुक्त इजलासले खारेज गर्दै ऐन कार्यन्वयनको बाटो खोलेको हो । 

 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्