site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सामाजिक सुरक्षा कोषद्वारा पाँच अर्ब दाबी भुक्तानी

काठमाडौं । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई करिब पाँच अर्ब रुपैयाँ दाबी भुक्तानी गरेको छ । कोषले हालसम्म विभिन्न सुरक्षा योजनाबाट योगदानकर्तालाई रु चार अर्ब ७९ करोड भुक्तानी गरेको हो । 

कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्दै आएको छ । हालसम्म कोषबाट ८४ हजार ६७३ योगदानकर्ताले विभिन्न योजनाबापत सुविधा लिएका छन् । 

Dabur Nepal
NIC Asia

औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनाबापत रु ५५ करोड ४४ लाख ४७ हजार चार सय आठ, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत रु छ करोड ७४ लाख ९२ हजार २६२, आश्रित परिवार सुरक्षा योजनाबापत रु सात करोड ९६ लाख ७६ हजार २२६ र वृद्धावस्था सुरक्षा योजनाबाट रु चार अर्ब नौ करोड ५८ लाख ३३ हजार ३९९ भुक्तानी गरिएको कोषले जनाएको छ । 

कोषमा हालसम्म रु ३५ अर्ब १० करोड योगदान रकम संकलन भइसकेको छ । कोषमा औपचारिक क्षेत्र र वैदेशिक क्षेत्रका श्रमिक आबद्ध हुँदै आएका छन् । अनौपचारिक र स्वरोजगार श्रमिकलाई पनि सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने क्रम अन्तिम चरणमा रहेको जनाइएको छ । 

कोषमा १७ हजार ९६४ रोजगारदाता र पाँच लाख ९२ हजार ९२४ श्रमिक सूचीकृत भएका छन् । सरकारले २०७५ मंसिर ११ गते सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro