site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लयमा फर्कियो पोखराको पर्यटन व्यवसाय 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना महामारीले थला परेको पर्यटकीय नगरी पोखराको पर्यटन व्यवसाय लयमा फर्किएको छ । पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरूको वृद्धि भएसँगै लय गुमाएको पोखराको पर्यटन व्यवसायले पुनः लय समातेको हो । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुनसके पोखराको पर्यटन व्यवसाय झनै फस्टाउने व्यवसायीहरूको अपेक्षा छ । व्यवसायीहरू सरकारले कोराना महामारीपछि पर्यटन प्रवद्र्धनमा विशेष चासो दिनुपर्ने भए पनि सरकारी तवरबाट चासो दिएको महसुस आफूहरूले गर्न नसकेको बताउँछन् । उनीहरूले देशको आर्थिक अवस्थालाई सुदृढ पार्न पनि पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

न्युज एजेन्सी नेपालसँग पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोरोनापछि अहिले पर्यटनले लय समातेको र व्यवसायीहरू खुसी भएको बताए । उनले व्यवसायीहरूले नै विभिन्न देशमा गएर पोखराको पर्यटन प्रवद्र्धनमा जोड दिएकाले पनि पर्यटकहरूको आगमन बढेको बताए । 

ड्रागन बोट फेस्टिबल र अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय र चिनियाँ नागरिक पोखरामा आएको र उनीहरूबाट अन्य पर्यटक पनि आउने वातावरण बनेको बताए । उनले  पोखरा विमानस्थल नियमित सञ्चालन हुनसके पोखरामा पर्यटन व्यवसाय फस्टाउने बताए । 

Global Ime bank

होटेल एशोसिएशन अफ नेपाल, पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटक बढ्दा व्यवसायीहरूमा आशा थपिएको बताए । उनले पोखरामा पर्यटक बढ्दा रोजगारी वृद्धि हुने र विदेश जानेहरूका लागि पोखरा प्रशिक्षणस्थल बन्ने गरेको बताए । 

उनले पोखरामा कोरोना महामारीपछि दक्ष जनशक्तिको अभाव भएको बताए । 

गाउँ पर्यटन प्रवर्द्धन मञ्च गण्डकी प्रदेशका अध्यक्ष उदय सुवेदीले अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरूले पर्यटकको आवागमन बढे पनि स्थायी हुन नसकेको गुनासो गरे । उनले कोरोनापछि पर्यटक बढे पनि उल्लेख्य मात्रमा अझै बढ्न नसकेको बताए । उनले पोखरामा विदेशी पर्यटकको आगमन अझै कम रहेको बताए । 


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ९, २०८०  ११:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय