site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरामा एसजेमोटोको क्याफे

पोखरा । एसजेमोटोले हिमालयन जाभासँगको साझेदारीमा क्याफे र ग्यालरीको सुरुआत गरेको छ । उक्त क्याफे र ग्यालरीमा प्रिमियम बाइक राइडर्स र यात्रुहरूको लागि भेटघाट गर्ने रोमाञ्चक हबको रूपमा हुनेछ ।

पोखराको लेकसाइड रोडमा अवस्थित एसजे मोटो एक्स हिमालयन जाभा क्याफेले मोटरसाइकल र कफीप्रतिको प्रेम अनुभव गर्ने तरिकालाई पुनः परिभाषित गरेको कम्पनीको दाबी छ ।

उच्चस्तरीय बाइकिङ गियर र सामानहरूदेखि कफीसम्म पाइने भएपछि युवाहरूको लागि आकर्षक गन्तव्य हुने कम्पनीको विश्वास छ ।

“हामी दुवै संसारको उत्कृष्ट – मोटरसाइकलको रोमाञ्चक र कफी संस्कृतिको न्यानोपनलाई एक अद्वितीय ठाउँमा ल्याएर रोमाञ्चित छौँ । यात्रु र बाइकरहरूको लागि प्रमुख गन्तव्य भएको पोखरा यस नयाँ उद्यमको लागि आदर्श स्थान थियो,“ एसजे मोटोका संस्थापक सौरभ ज्योतिले भने । क्याफे अप्रिल ५ मा भव्य रूपमा उद्घाटन भएको थियो ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro