site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीलंकाको सहज जित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा श्रीलंकाले ओमानविरुद्ध १० विकेटको सहज जित निकालेको छ ।

शुक्रबार जिम्बाब्वेको बुलावाओस्थित क्विन्स स्पोर्ट्स क्लबमा भएको खेलमा ओमानले प्रस्तुत गरेको ९९ रनको लक्ष्य श्रीलंकाले १५ ओभरमा विकेट नगुमाई पूरा गर्‍यो ।

श्रीलंकाको जितमा ओपनरद्वय दुमुथ करुणारत्नेले ६१ र पथुम निसांको ३७ रन जोडे ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको ओमानले ३०.२ ओभरमा सबै विकेट गुमाएर ९८ रन बनाएको थियो ।

आयान खाले ४१ रन बनाएका थिए । जतिन्दर सिंहले २१ र फयज बटले १३ रन बनाए ।

ओमानलाई सस्तैमा समेट्न वनिन्दु हसरंगाले पाँच विकेट लिए । लहिरू कुमाराले तीन विकेट लिए । कासुन रजिथाले एक विकेट हात पारे ।

जिम्बाब्वेमा जारी छनोट प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् ।

दुई समूहबाट समान शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्ने छन् । सुपर सिक्सबाट शीर्ष दुई टिमले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउने छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  २१:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro