site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
खुकुलो मौद्रिक नीति नभए ६ प्रतिशत आर्थिक वृद्धि हुन सक्दैन : अध्यक्ष अग्रवाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले वर्तमान अर्थतन्त्रका चुनौतीकाबीच ६ प्रतिशतको आर्थिक वृद्धि गर्न खुकुलो र लगानीमैत्री मौद्रिक नीति आवश्यक रहेको बताएका छन् । 

शुक्रबार परिसंघको २०औँ वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष अग्रवालले लगानीमैत्री र खुकुलो मौद्रिक नीति नभए ६ प्रतिशत आर्थिक वृद्धि हुन नसक्ने बताए । उनले नेपाल राष्ट्र बैंकले निजी क्षेत्रको मनोवल उच्च बनाउने गरी मौद्रिक नीति ल्याउनुपर्ने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

"वर्तमान अर्थतन्त्रका चुनौतीकाबीच ६ प्रतिशतको आर्थिक वृद्धि गर्नुपर्ने छ । यसका लागि खुकुलो र लगानीमैत्री मौद्रिक नीति आवश्यक छ," उनले भने । 

उनले आगामी आर्थिक वर्षको बजेटमा समावेश सार्वजनिक निजी साझेदारी सम्बन्धी ७३ बुँदाको सफल कार्यान्वयन हुन आवश्यक रहेको पनि बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement