site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एक सातामा दुई हजार रुपैयाँले घट्यो सुनको मूल्य 

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य एक सातामा दुई हजार रुपैयाँ घटेर कारोबार भएको छ । महिनाको पहिलो दिन असार १ गते एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख नौ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, बिहीबारको तुलनामा सुनको मूल्य ७०० रुपैयाँ घटेर कारोबार भएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

एक सातामा चाँदीको मूल्य ९० रुपैयाँ घटेर कारोबार भएको छ । असार १ गते प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३३५ रुपैयाँमा करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबारको तुलनामा चाँदी २५ रुपैयाँ घटेर कारोबार भएको छ । चाँदी बिहीबार प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro