site stats
बाह्रखरी :: Baahrakhari
देश
कान्तिपुर हिसान एडु फेयर असार ८ देखि पुनः सञ्चालन हुने
फाइल तस्बिर।

काठमाडौं । काठमाडौं महानगरपालिकाले रोकेको आठौँ कान्तिपुर हिसान एडु फेयर असार ८ गतेदेखि पुनः सञ्चालन हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले यसबारेमा जानकारी गराएको हो ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा असार ८, ९ र १० गते मेला पुनः सञ्चालन हुने भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पत्रकार सम्मेलनमा बोल्दै कान्तिपुर हिसान एडुफेयरका संयोजक टंकराज आचार्यले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृति प्राप्त गरी जेठ ३२ गतेदेखि असार ३ गतेसम्म भृकुटीमण्डपमा आयोजित शैक्षिक मेला काठमाडौं महानगरका तर्फबाट गैरकानुनी ढंगले अवरोध सिर्जना गरी बाधा पु¥याएपछि कानुनी प्रक्रियामा गएर उच्च अदालत पाटनका तर्फबाट मेला सञ्चालन गर्न अनुमति दिएसँगै मेला सञ्चालन गर्न लागेको बताए । उनले मेलामा विद्यार्थी, अभिभावक र सरोकारवालाहरुले नेपालका प्रतिष्ठित शिक्षालय र गुणस्तरीय शिक्षाबारे परामर्श लिनसक्ने बताए ।

“कानुनी प्रक्रियामा गई सम्मानित उच्च अदालत पाटनका तर्फबाट प्राप्त मेला सञ्चालन गर्नु, गराउनु भन्ने अन्तरिम आदेश बमोजिम शैक्षिक मेला पुनः सञ्चालन गर्न लागिएको हो,” उनले भने, “शैक्षिक मेला २०८० असार ८, ९ र १० गते भृकुटीमण्डप काठमाडौंमा सञ्चालन हुँदै छ । तीन दिनसम्म निर्वाध रुपमा सञ्चालन हुनेछ ।”

गत जेठ ३२ गते सञ्चालन भएको मेला काठमाडौं महानगरपालिकाले अनुमति नलिइकन सञ्चालन गरेको भन्दै बन्द गराएको थियो ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १५:११
प्रतिक्रिया दिनुहोस्