site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लगातार घट्दै नेप्से, बुधबार साढे तीन अर्बको सेयर कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबारदेखि लगातार घट्ने क्रममा छ । सोमबार नेप्से रिसूचक २.९४ अंकले घटेको थियो भने मंगलबार २६.५६ अंकले घटेको थियो ।

त्यस्तै, आज परिसूचक १४.०५ अंकले घटेर २०५०.७८ विन्दुमा रोकिएको छ ।

गत आइतबारसम्म लगातार नौ करोबार दिन बढेको बजारमा नाफा बुक गर्ने सक्रिय हुँदा चाप पर्दै गएको छ । यसदिन परिसूचक बढेर २०८२.९७ विन्दुसम्म पुगेको थियो । दिनभरको उतारचढाव देखिँदा बजारमा कारोबारीहरूको सक्रियता देखिन्छ ।

यसदिन म्युचुअल फन्ड, ऋणपत्रलगायत २७१ धितोपत्रको ८५ लाख ५१ हजार १६४ कित्ता तीन अर्ब ४९ करोड ६८ लाख रुपैयाँमा खरिद–बिक्री भएको छ । मंगलबार भने चार अर्ब ११ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

कारोबारमा आएका १३ वटामध्ये होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लाइफ इन्स्योरेन्स र व्यापार समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक भने घटेको छ ।

सर्वाधिक परिसूचक वृद्धि हुने होटल समूहको ४.८४ प्रतिशतले परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर समूह रहेको छ । यो समूहको परिसूचक १.६२ प्रतिशतले घटेको छ ।

यसदिन सिटी होटलको सेयर मूल्य ९.९७ प्रतिशतले वृद्धि भएको छ । गत कारोबार दिन पनि यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको थियो ।

शिवम् सिमेन्टको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको २३ करोड ६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro