site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सातवटै महादेशका अग्ला हिमाल आरोहणका लागि पाण्डेलाई महजोडी र किरणको शुभकामना
Tiktok banner adTiktok banner ad

काठमाडौं । हिमाल आरोही प्रकाशराज पाण्डेलाई महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) र किरण केसीले सातवटै महादेशका अग्ला हिमाल आरोहणका लागि शुभकामना दिएका छन् । सातवटा महादेशका अग्ला हिमाल आरोहण सुरु गर्नु अगाडि शुभकामना लिन महजोडी र किरण केसीकोमा पुगेका पाण्डेलाई उनीहरूले शुभकामना दिएका हुन् । 

सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरेका उनी अब सातवटा महादेशका अग्ला हिमाल चढ्ने तयारीमा छन् । 

सातवटा महादेशका अग्ला हिमालको आरोहण गरेपछि ती हिमालमा पुर्‍याएको नेपालको राष्ट्रिय झण्डा पाण्डेले पुनः सगरमाथाको शिखरमा लगेर चढाउने छन् । 

“नेपालको नाम संसारभर फैल्याउने तपाईंको यो अभियान सफल रहोस् । यो चुनौतीपूर्ण यात्रा सफल र सहज रहोस्”, शुभकामना दिँदै हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले भने । 

सातवटै महादेशका अग्ला हिमाल आरोहण गर्ने पाण्डेको सहासिक यात्रा सुगम रहने कामना गर्दै किरणले पनि शुभकामना दिएका थिए । 

पाण्डेले सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट आफूले अभियान सुरु गर्न लागेको बताए । उनले आफ्नो अभियान सिंगो राष्ट्रका लागि भएकाले यसलाई संकीर्ण रूपमा नहेर्न पनि आग्रह गरे । 

उनले राजनीतिक खिचातानीका कारण नेता र राजनीतिक दलबाट शुभकामना लिएको बताए ।   

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro