site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सोमपालको स्थानमा ललितले पाए मौका
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा अमेरिकाविरुद्ध नेपालका बलर ललित राजवंशीले प्लेइङ्ग–११ मा स्थान बनाएका छन् । यसअघि, छनोटको पहिलो खेलमा सोमपाल कामीको हातमा चोट लागेपछि उनको स्थानमा ललितले अमेरिकाविरुद्ध टिममा स्थान पाएका हुन् ।

जिम्बाब्वेविरुद्ध ३४औं ओभरमा सोमपालको बुढी औलामा चोट लागेको थियो । ३४औं ओभरको तेस्रो बलमा चोट लागेपछि उनले मैदान छोडेको थिए । सोमपाल मैदानबाट बाहिरिएपछि उक्त ओभरको बाँकी तीन बल आरिफ शेखले बलिङ गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिकाविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ । जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा हुने खेलका लागि भएको टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गर्दै अमेरिकालाई ब्याटिङ को निम्तो दिएका हुन् ।

समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । छनोटको पहिलो खेलमा हार बेहोरेका दुवै टिम पहिलो जितको खोजीमा छन् ।

Global Ime bank

यसअघि, पहिलो खेलमा नेपाल घरेलु टिम जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको थियो । पहिलो खेलमा अमेरिकाले पनि दुईपटकको विश्वविजेता वेस्ट इन्डिजसँग ३९ रनको हार बेहोरेको थियो ।

छनोटमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् ।

दुई समूहबाट समान शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सबाट शीर्ष दुई टिमले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय