site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
रेडइटको ८० जीबी डाटा ‘लिक’ गर्ने ह्याकरको चेतावनी, ४५ लाख डलर माग

काठमाडौं । अमेरिकी सामग्री मूल्यांकन एवं छलफलका लागि चर्चित सोसल मिडिया प्लेटफर्म रेडइटलाई ह्याकरले चेतावनी दिएको छ । गएको फेब्रुअरीमा ह्याकरले कर्मचारीलक्षित ‘फिसिङ’ आक्रमण गरी रेडइटको आन्तरिक डाटामा एक्सेस गरेको थियो ।

सोही डाटाको बदलामा अहिले ह्याकरले एपीआईसम्बन्धी नीति परिवर्तन गर्न र पैसाको माग गरेको हो । ब्ल्याकक्याट नाम गरेको र्‍यान्समवेयर समूहले फिसिङ आक्रमणको जिम्मा लिएको थियो ।

Dabur Nepal
NIC Asia

साइबर अनुसन्धानकर्ता डोमिनिक अल्भेरीले सेयर गरेको पोस्टमा ब्ल्याकक्याटले रेडइटबाट ८० जीबी डाटा चोरी गरेको जिकिर गरिएको छ ।

ह्याकरको समूहले आफ्ना माग पूरा नभए डाटा सार्वजनिक गर्ने धम्की दिएको हो । उनीहरूले ४५ लाख अमेरिकी डलर मागेका छन् ।

गएको हप्ता रेडइटले आफ्नो एपीआई तेस्रो पक्षका एपमा प्रयोग गरबापत शुल्क तोक्दै नयाँ नीति ल्याएको थियो । ह्याकरले सो नीति फिर्ता लिन माग गरेको हो ।

यो नीतिपछि रेडइट विवादित छ । रेडइटभित्रका करिब पाँच हजार कम्युनिटी एवं सब्रेडइटहरू बन्द भएका छन् ।

रेडइटले ह्याकरको चेतावनीका विषयमा कुनै प्रतिक्रिया जनाएको छैन । प्रयोगकर्ताले सार्वजनिक नगरेको डाटामा ह्याकरको पहुँच नभएको कम्पनीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro