site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
क्रोएसियालाई पेनाल्टीमा हराउँदै स्पेनले जित्यो नेसन्स लिगको उपाधि

काठमाडौं । नेसन्स लिगको फाइनलमा स्पेनसँग पेनाल्टी सुटआउटमा ५–४ ले पराजित भएपछि क्रोएसियाले पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका गुमाएको छ ।

पेनाल्टी प्रहारका लागि छैटौँ नम्बरमा आएका ड्यानी कार्भाहलले कुनै गल्ती नगरेपछि स्पेनले नेसन्स लिगको उपाधि उचालेको हो । कार्भाहल पेनाल्टीका लागि आउनुअघि स्पेनका गोलकिपर युनाइ सिमोनले क्रोएसियाका ब्रुनो पेट्कोभिचको पेनाल्टी प्रहार बचाएका थिए ।

Dabur Nepal
NIC Asia

पेनाल्टीमा स्पेनका जोसेलु, राद्री, माइकल मेरिनो, मार्को असेन्सियो र ड्यानी कार्भाहलले गोल गरे । स्पेनका आइमेरिक लापोर्टाले भने पेनाल्टी चुकाएका थिए ।

क्रोएसियाका निकोला भ्लासिच, मार्सेलो ब्रोजोभिच, लुका मोड्रिच र इभान पेरिसिचले पेनाल्टीमा गोल गरे । लोभ्रो मजेर र ब्रुनो पेट्कोभिचले गोल गर्न सकेनन् ।

त्यसअघि, खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएको थियो । स्पेनले ११ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जितेको हो । स्पेनले पछिल्लोपटक सन् २०१२ मा युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो ।

२०१८ को विश्वकपमा फाइनल र २०२२ मा सेमिफाइनल यात्रा तय गरेको क्रोएसियाले भने पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जित्ने अर्को मौका गुमायो ।

स्पेनसँगको हारपछि क्रोएसियाका कप्तान मोड्रिचको अन्तर्राष्ट्रिय करियरप्रति अन्योल देखिएको छ । यो हारले ३७ वर्षीय बालन डी’अर विजेता मोड्रिच आउँदो वर्ष जर्मनीमा हुने युरोपियन च्याम्पियनसिपमा उपलब्ध हुनेबारे अन्योल सिर्जना गरेको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  ०९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro