काठमाडौं । नेपाली कथानक चलचित्र ‘काँडेतार’को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र फागुन २५ गतेदेखि प्रदर्शनमा आउनेछ ।
सीमाको रक्षामा केन्द्रित रहेको चलचित्र राष्ट्र र राष्ट्रियतामा केन्द्रित रहेको निर्देशक नवल बताउँछन् । सीमा रक्षाका लागि काँडेतार लगाउनु पर्नेमा सिनेमाले जोड दिएको छ ।
राष्ट्र र राष्ट्रियताप्रति समर्पित रहेकाले सिनेमालाई आर्थिक अनुदान र कर छुट दिन उनले सरकारसँग माग गरेका छन् । सिंगल रिलिजको अवसर प्रदान गर्न पनि उनले माग गरेका छन् ।
सामना फिल्म्स प्रालि ब्यानरमा निर्माण गरिएको चलचित्रमा नवल खड्का, गौरव पहारी, रेविका गुरूङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बालगायत कलाकारको अभिनय छ ।
चलचित्रको कथा निर्देशक खड्का स्वयंले तयार पारेका छन् ।
मणि थापा र दीपक शर्माको संगीत रहेको काँडेतारमा सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व, कविराज गहतराजको नृत्य छ ।
नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको चलचित्रको कार्यकारी निर्माता सत्यकला राई हुन् ।