site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चोटका कारण मैदानबाट बाहिरिए सोमपाल कामी

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमा जिम्बाब्वेविरुद्ध बलिङ गरिरहेको नेपालका सोमपाल कामी औँलामा चोट लागेपछि मैदानबाट बाहिरिएका छन् ।

जिम्बाब्वेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा जारी खेलको ३४औं ओभरमा बलिङका लागि आएका सोमपालको बुढी औँलामा चोट लागेपछि उनी मैदानबाट बाहिरिएका हुन् ।

Dabur Nepal
NIC Asia

जिम्बाब्वेका ब्याटर सिन विलियम्सले प्रहार गरेको बल रोक्नेक्रममा बलले उनको बुढी औँलामा लागेको थियो । सोमपाल बाहिरिएपछि उक्त ओभरको बाँकी तीन बल आरिफ शेखले गरेका थिए ।

सोमपालको स्थानमा ज्ञानेन्द्र मल्ल फिल्डिङका लागि मैदान प्रवेश गरेका छन् । नेपालले प्रस्तुत गरेको २९१ रनको लक्ष्य पछ्याइरहेको जिम्बाब्वेले अहिले ३४ ओभरको समाप्तिमा दुई विकेट गुमाएर २०१ रन बनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १९:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro