site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
स्वास्थ्य लाभ गरेर फर्किए वर्षमान 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चीनमा उपचार गराइरहेका माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्त स्वास्थ्य लाभ गरी स्वदेश फर्किएका छन् । 

पुन चिनियाँ सहर छेन्दुबाट एयर चाइनाको नियमित उडानमार्फत शुक्रबार नेपाल आएका हुन् । पुनका साथमा पूर्वसभामुख एवं उनकी पत्नी ओनसरी घर्ती पनि स्वदेश फर्किएकी छन् । पुनलाई स्वागत गर्न माओवादी केन्द्रका वरिष्ठ नेता एवं उपप्रधान र गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेताहरु झक्कु सुवेदी, जयपुरी घर्ती, दुर्गा चापागाईं, हिमाल शर्मालगायत अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पुगेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

लामो समयदेखि जटिल प्रकारको बंशाणुगत जण्डिसबाट पीडित पुनलाई स्वास्थ्य अवस्था निकै जटिल बनेपछि गत १ फागुनमा चीन लगिएको थियो । उनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भएको थियो । चीन जाँदा उनको शरीरमा जण्डिसको मात्रा (बिलरुबिन) ४० बिन्दुमा थियो । चार महिना महिना लामो उपचारपछि स्वदेश फर्किएका पुन तन्दुरुस्त देखिएका छन् । हाल बिलरुबिनको मात्रा घटेर १.५ बिन्दुमा झरेको उनले बताए ।

चिकित्सकहरुका अनुसार सामान्यतः स्वस्थ मानिसको शरीरमा बिलरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने गर्छ । त्यो भन्दा बढी भएका जण्डिश भएको मानिन्छ । तर, पुनको शरीरमा भने सामान्य अवस्थामा पनि बिलरुबिनको मात्रा ११/१२ बिन्दु रहने गरेको थियो । यसअघि पुनको थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार भएको थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC