site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
इलाम–२ मा बिहान ७ बजेदेखि मतगणना गरिने

इलाम । इलाम क्षेत्र नम्बर–२ मा आज (आइतबार) बिहान ७ बजेदेखि मतगणना सुरु हुने भएको छ । शनिबार राति बसेको सर्वपक्षीय बैठकबाट सो निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बाह्रखरीलाई जानकारी दिए ।

इलाम नगरपालिका–२ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना गरिनेछ । मतदान केन्द्रबाट त्यहाँ मतपेटिका ल्याइएको छ ।

उपनिर्वाचनअन्तर्गत इलाम–२ मा शनिबार बिहान ७ देखि बेलुका ५ बजेसम्म शान्तिपूर्ण रूपमा मतदान भएको थियो । यहाँ करिब ५८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

इलाम–२ मा १९ उमेदवार चुनावी मैदानमा छन् । उनीहरूमध्येबाट एकजना प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनेछन् । यहाँको कुल मतदाता संख्या एक लाख १५ हजार ८८९ हो ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०५:४७
प्रतिक्रिया दिनुहोस्