site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कार्कीलाई सांसदका दर्जन प्रश्न– कसले के प्रश्न गरे ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधी हरिकृष्ण कार्कीलाई सांसदहरुले दर्जन प्रश्न तेर्स्याएका छन् । संसदीय सुनुवाइ समितिको बैठक सुरु हुनासाथ सांसदहरुले प्रश्न सोधेका हुन् ।
सर्वोच्च अदालतभित्र हुने सेटिङ, भ्रष्टाचार, न्यायालयले गरेको फैसलालगायतका विषयमा सांसदहरुले प्रश्न गरेका छन् ।

यस्ता छन् सांसदहरुका प्रश्न–

पदम गिरी - न्याय क्षेत्रको सबै समस्या थाहा छ । उच्चस्तरीय न्यायालय समिति तपाईंको नेतृत्वमा बन्यो । तपाईं कामु हुँदा ८ महिनामा समितिको सुझाव कति कायम गर्नुभयो ? प्रन्या बनेपछि न्यायालय सुधार गर्ने के संकल्प छ ?

Prabhu Bank
Agni Group
NIC Asia

देवेन्द्र दाहाल- यति घण्टाभित्र प्रम बनाउनु भनेर राष्ट्रपति नाममा परमादेश जारी भयो । संसद् जिउँदै थियो, संसद्ले बनाउद्थ्यो, यस्तो विकृत नजिरलाई कसरी सच्याउनु हुन्छ ? जग्गा हडपेको पैसा खाएको, दलीय आवरणमा वरिष्ठ दिएको, अदालमा भ्रष्टाचार रोकिएन, घुस नखाइ पेसी नतोकिएको, संवैधानिक इजलास योजनावद्ध रूपमा बस्न नदिएकोलगायत उजुरी परेको छ । यसलाई कसरी लिनुभएको छ ?

जर्नादन शर्मा - सार्वजनिक निर्माणमा सडक निर्माण गर्दा गरिने निर्णयले जनता दुMख पाउँछन् । यस्ता मुद्दा फरक ढंगबाट गर्न सकिन्न ? कतिपय निर्णय सरकारको पक्षमा पनि हुनुपर्ने हुन्छ , तर प्राय: किन यस्तो हुँदैन ? गरिवले न्याय पाउने विधि अहिलेको तरिकाबाट कति संभव छ ? न्याय सम्पादनमा यसका लागि फरक ढंगबाट के गर्न सकिन्छ ?

Global Ime bank

महेश बर्तौला - नागरिकमा न्यायालयप्रति नागरिकको भरोसा विश्वास टुटेको देखिन्छ, किन यस्तो भयो ? आफूलाई कुन ठाउँमा राखेर काम गर्नुहुन्छ ? उल्लेख्य के काम गर्नुहुन्छ ? जटिल प्रकारको मुद्दामा तपाईं बेन्च छोडेर भाग्नुहुन्छ भन्ने छ, यस्तो अवस्था कसरी आयो ? सर्वोच्चमा मुद्दाको चाङ्ग रहेको छ, कामु हुँदा यसमा तपाईंले भूमिका खेल्न नसक्नुको कारण के ? उच्चमा मात्र ४० जना रिक्त न्यायाधीश हुनुहुन्छ, ६ जना मुख्य न्यायाधीश खाली हुनुहुन्छ, सर्वोच्चमा ७ जना जति न्यायाधीश खाली, प्रन्या हुँदा यसलाई कसरी टुंगो लगाउनुहुन्छ ? अहिले न्यायपरिषदको अध्यक्ष हुनुहुन्छ, यहाँविरूद्ध अनुशासनहीन काम र नैतिकता विरोधी न्यायाधीशले अभिव्यक्ति दिँदा यसलाई कसरी अघि बढाउनुहुन्छ ? तपाईंबाट के आश गर्ने ? 

ज्ञानेन्द्रबहादुर कार्की - ढिला न्याय दिनु भनेको न्याय नदिनु हो, २८ हजार बढी मुद्दा, पर्छ्योट हुन बाँकी छ, यसलाई समाधान गरेर कसरी अघि बढ्ने, तपाईंको के सोच छ ? ८ महिनामा कामु हुँदा के के गर्नुभयो ? जिल्ला अदालतको मोडल उच्चमा लागू गर्दा के हुन्छ ?, यो समस्यालाई कसरी समाधान गर्ने ?

डीपी अर्याल- नियुक्तबाटै भ्रष्टाचार सुरू हुन्छ भन्ने तपाईंले लेख्नुभएको छ , यो तपाईंको नियुक्तपूर्व थियो , कि तपाईं पछाडि सुरू भएको हो ? न्यायाधीशहरूको नियुक्ति गलत हो भनेर संसदीय सुनुवाइ प्रकृयामा प्रश्न उठाउनु भएको छ, यो प्रकृया संविधानबाट हटाउनुपर्छ भन्ने बुझाइ तपाईंको हो ?

रमेशजंग रायमाझी - सर्वोच्च अदालतको मुद्दा गोलासिस्टममा गएको छ । ६० प्रतिशत सकियो भन्ने भयो, ४० प्रतिशत कहिले सकिन्छ ? वहालवाला न्यायाधीशले उजुरी दिनुभएको छ कोड अफ कण्डक्ट लागू हुन्छ कि पर्दैन ? जग्गा मीनभवनमा रहेको मेरो जग्गा खाइदिएको छ । हरिकृष्ण कार्कीको आफन्त पनि यसमा छन् । ८ अाना जग्गा खाएर मेरो मुद्दामा १५ दिनमा पेशी चढाएको, किर्ते गरेर मलाई सडकमा पुराएको भनेर उजुरी आएको छ , यसमा के हुन्छ ?

जगप्रसाद शर्मा- गोला प्रणाली वैज्ञानिक प्रणाली होइन, अटोमेसन ठिक छ, त्यसकारण अटोमेसन लागू गर्न के समस्या भयो ? उजुरीहरू हेर्दा गणेशलाल अवाले र वहालवाला न्यायाधीशको पनि उजुरी आए । यसलाई कसरी हेर्न ? संक्रमणकालीन न्यायमा निरूपणमा केहीमा अदालत आकर्षण भयो, यो क्षेत्रअधिकारमा पर्छ र ? न्यायाधीश कारवाही गर्न महाअभियोगबाहेक अर्को उपाय छ कि छैन ? किनभने महाअभियोग पारित भएपछि मात्र न्यायाधीश कारवाही हुन्छ..

प्रकाश अधिकारी - डर र त्रासका कारण तपाइँले संविधानमाथि अर्थात् संसदीय सुनुवाइमाथि प्रश्न उठाउनुभएको हो ? जनताको र उजुरीको डरले समितिमाथि प्रश्न उठाउनुभएको हो ? सुनुवाइ समितिको बारेमा प्रश्न उठाउनुभएको छ । यो पहिले पनि सुनिएको हो , न्यायक्षेत्रबाट धेरै आयो । वर्षौदेखिको मुद्दा फैसला भएको छैन , तर २ महिना अघिको फैसला भएको छ । देवानी मुद्दामा पनि अवस्था उस्तै छ । राज्यको महत्त्वपूर्ण मुद्दा ठिक छ तर अरूमा पनि किन यस्तो हुन्छ ? प्रन्या भएपछि यसलाई कसरी प्रणालीमा ल्याउनुहुन्छ ? न्याय परिषद्मा रहेको वर्षौदेखिको उजुरी सुनुवाइ भएन ? के छ योजना ?

इश्वरीदेवी न्यौपाने- न्यायलयमा विश्वास गुमेको छ, गरिबको पहुँच पुग्दैन, न्याय पाउँदैन भन्ने छ , सहज र सबैको पहुँच कसरी हुन्छ ? संसदीय सुनुवाइमा प्रश्न उठाउनुभएको छ । सर्वसाधारण मान्छेले भन्दा केही थिएन तर , कामु र भावि प्रन्याबाट प्रश्न उठेको छ , किन ? प्रस्तावित प्रन्यालाइ धेरै उजुरी आएको यो पहिलो घटना हो । धेरै उजुरी परेको पहिलो घटना हो यो, अप्रिय घटना भयो । बहालवाला न्यायाधीशबाट पनि उजुरी आयो । यहाँ नाराबाजी भयो । यसलाइ कसरी हेर्नुभएको छ, भोलिको दिनमा कसरी न्याय दिनुहुन्छ ? सेटिङमा न्यायाधीश भएको , सार्वजनिक जग्गा किर्ते गरेर सारेको र तपाईंले पनि अंश लिएको भनेर उजुरी आएको छ । यसलाई कसरी लिनुभएको छ ? इजलास बहिस्कार गरेर तलव भत्ता लिएको भन्ने पनि उजुरी आएको छ , यसलाई कसरी लिनुभएको छ ?

इश्वरी घर्ती- अदालतमा बिचौलिया हुन्छन् भन्ने सुनिन्छ, साँच्चिकै बिचौलिया हुनेछन् भन्ने कार्ययोजनामा पुष्टि गर्नुभएको छ , दबदबा हुने कुरा पनि भए । साँच्चै हुन्छन् भने को हुन् बिचौलिया ? कानुन व्यवसायी, दल निकट हुन् कि अरू कोही ? हामीले जान्न पाउनुपर्छ, त्यसलाई खास राजनीतिक मुद्दा र ठूला मुद्दा सेटिङबाट फैसला हुन्छन् भन्ने छ, खास कुरा के हो ? अटोमेसन पद्धति लागू गर्न स्रोत साधनको अभाव देखाएर पन्छिन खोजेको हो ?

लिलानाथ श्रेष्ठ - मिडियामा जान बहालवाला न्यायाधीशलाई मिल्छ कि मिल्दैन ? संगठित हिसावले बैठक राखेर तमासा खडा गर्नुभएको छ, किन ? 

संस्थाको मर्यादा बढाउन के गर्नुहुन्छ ? न्यायालय भ्रष्टाचारको अखडा भयो भन्ने जनगुनासो छ । आफ्नै कार्ययोजना छोटो समयमा कसरी लागू गर्नुहुन्छ ?

न्यायाधीश नियुक्त विवादरहित कसरी बनाउन सकिन्छ ? बरू कानुन संशोधन गरौं विवाद नगरौं ...

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  ०९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC