site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यो वर्ष नगुड्ने भयो रेल, विभाग भन्छ– मन्त्रालयले चासो दिएन

काठमाडौं । २०७४ सालको अन्त्यसम्ममा नेपालमा रेल नगुड्ने भएको छ । रेल्वे विभागले २०७४ को अन्त्यसम्म रेल गुडाउने तयारी गरे पनि सरोकारवाला पक्षले गम्भीरता नदेखाएपछि तोकिएको मितिमा रेल नगुड्ने निश्चित भएको हो । 

“हामीले सम्पूर्ण तयारी पूरा गरेपनि अब पूर्व निर्धारित मितिमा रेल नगुड्ने भयो,” रेल्वे विभागका प्रवक्ता प्रकाश उपाध्यायले भने, “मन्त्रीहरु चुनावमा छन्, नेताहरु चुनावमा छन्, चुनावकै कारण केही समय ढिलो हुने भयो ।”

नेपालमा रेल गुडाउने जस्तो महत्वपूर्ण विषयमा समेत विभागीय मन्त्रालयलाई चासो नभएको रेल्वे विभागको गुनासो छ । “मन्त्रालयले चासो नदेखाएकै कारण तयार गरेर राखेको प्रस्तावसमेत बुझाएका छैनौँ, मन्त्रीहरुलाई चुनाव लागेको छ,” विभागका एक अधिकारीले भने । 

चुनावपछि मात्रै अब बाँकी काम अघि बढ्ने विभागको भनाइ छ । आफ्नो तर्फबाट सबै काम पूरा भएको भन्दै विभागले अब सरकारको चासो र इच्छा शक्तिमा कहिले रेल गुड्ने भर पर्ने बताएको छ ।  

विभागले जयनगर–जनकपुर–बर्दिबास खण्डमा २०७४ को अन्त्यसम्ममा रेल गुड्ने जनाउँदै आएको थियो । यो रेलमार्ग खण्ड ७० किलोमिटर लामो छ । 

भारतीय निर्माण कम्पनी ‘इरकोन’ ले न्यारो गेज भत्काएर उक्त खण्डमा नयाँ रेल्वे तयार पारेको छ । उक्त खण्ड रेल चलाउनका लागि तयार भए पनि रेल नहुँदा सञ्चालनमाा चल्न नसकेको हो । रेल्वे विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमक्ष रेल किन्न पैसा मागे पनि अर्थ मन्त्रालयले रेल किन्नका लागि योजना सहितको बजेट माग भएर नआएको भन्दै बजेट दिन नसक्ने बताएको थियो । 

सरकारले बजेट नदिने भएपछि सरकार आफैं रेल किन्ने वा आउटसोर्सिङ (भाडामा चलाउने) भन्ने विषयमा विभागले ‘वर्कआउट’ गरिरहेको छ । केही महिना अगाडि बसेको नेपाल–भारत बैठकमा पनि यस विषयमा छलफल भएको थियो । 

रेल्वे विभागले गरेको ‘वर्क आउट’ मा रेल किन्ने वा ‘आउटसोर्सिङ’ गर्ने के छ भन्ने सार्वजनिक नगरिए पनि स्रोतका अनुसार उसले ‘आउटसोर्सिङ’ अहिलेका लागि उपयुक्त हुने सुझाव सहितको प्रस्ताव विभागीय मन्त्रालयमा पठाउने तयारी गरेको छ । उसले तीन वर्षभित्र रेल चलाउने दक्ष जनशक्ति तयार गर्ने सर्त पनि उक्त प्रस्तावमा उल्लेख रहेको स्रोतको दाबी छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०७४  १२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro