खेल
काठमाडौं । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपका लागि भएको ‘वार्म अप’ खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपाललाई तीन विकेटले हराएको छ ।
मंगलबार जिम्बाब्वेको राजधानी हरारेस्थित ओल्ड हरारियन्समा नेपालले प्रस्तुत गरेको २७७ रनको लक्ष्य यूएईले ४९.५ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो ।
त्यसअघि, टस जितेर ब्याटिङका लागि आएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर २७६ रनको योगफल खडा गरेको थियो । नेपालले अब दोस्रो ‘वार्म अप’ खेल बिहीबार ओमानसँग खेल्नेछ ।
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८० २०:४३
प्रतिक्रिया दिनुहोस्