site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
हङकङविरुद्ध भारतको सहज जित 

काठमाडौं । एसीसी महिला इमर्जिङ टिम्स कपमा भारत ‘ए’ले घरेलु टिम हङकङविरुद्ध नौ विकेटको सानदार जित दर्ता गरेको छ । मंगलबार मोङकोकस्थित मिसन रोड मैदानमा हङकङले दिएको ३५ रनको सामान्य लक्ष्य भारत ‘ए’ले ५.२ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो ।

भारतको जितमा गोंगाडी त्रिसाले १३ बलमा दुई चौका र एक छक्कासहित अविजित १९ रन बनाइन् । यु चेत्री १६ रनमा अविजित रहिन् । भारतले कप्तान स्वेता सेरावतलाई भने दुई रनमा गुमाएको थियो ।

हङकङकी बेट्टी चानले एक विकेट लिइन् ।

Dabur Nepal
NIC Asia

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको हङकङलाई भारतले १४ ओभरमा ३४ रनमै समेटेको थियो ।

हङकङलाई सस्तैमा समेट्न भारतकी श्रेयंका पाटिलले पाँच विकेट लिइन् । घातक बलिङ गरेकी श्रेयंकाले तीन ओभरमा एक मेडन राख्दै दुई रन मात्र खर्चिइन् । मन्नत कश्यप र प्रभावी चोपडाले समान दुई विकेट लिए । तितास साधुले एक विकेट लिइन् ।

भारतीय बलिङसामु निरीह देखिएको हङकङका एकबाहेक अरू खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । हङकङकी मारिको हिलले १४ रन बनाइन् । हङकङका चार ब्याटर शून्यमा पभेलियन फर्किएका थिए ।

प्रतियोगितामा श्रीलंका, यूएई, बंगलादेश, मलेसिया, नेपाल, पाकिस्तान, हङकङ र भारत गरी आठ टिमको सहभागिता छ ।

सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपाल, पाकिस्तान, भारत र हङकङ छन् । समूह ‘बी’मा बंगलादेश, श्रीलंका, यूएई र मलेसिया छन् ।

प्रतियोतिगामा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका ‘ए’ टिम र बाँकी चार देशका सिनियर राष्ट्रिय टिम नै सहभागी छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro