site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पाकिस्तान ‘ए’विरुद्ध नेपाललाई ८८ रनको लक्ष्य

काठमाडौं । हङकङमा जारी एसीसी महिला इमर्जिङ टिम्स कपमा नेपालले मंगलबार पाकिस्तान ‘ए’ टिमविरुद्ध जितका लागि ८८ रनको लक्ष्य पाएको छ ।

हङकङको मोङकङस्थित मिसन रोड मैदानमा नेपाली महिला टिमले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । त्यसपछि ब्याटिङमा उत्रिएको पाकिस्तान ‘ए’ टिमले १९.२ ओभरमा सबै विकेट गुमाएर ८७ रन बनायो ।

Dabur Nepal
NIC Asia

पाकिस्तानका लागि ओपनर शवाल जुल्फिकरले ३६ बलमा २८ रन जोडिन् । कप्तान फतिमा सनाले १६, सदफ शामसले १२ र गुल फेरोजाले ११ रन बनाए ।

नेपालकी इन्दु वर्माले तीन विकेट लिइन् । कविता जोशी, कविता कुँवर र सीता रानामगरले समान दुई विकेट लिए ।

थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले यो प्रतियोगितामा खेल्ने अवसर पाएको हो । 
एसीसी महिला इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता हो ।

प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । नेपालले समूहमा हङकङ, भारत र पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेल नेपालले यही जुन १५ मा भारतसँग खेल्नेछ । नेपालले जुन १७ मा घरेलु टोली हङकङसँग खेल्नेछ ।

समूह ‘बी’मा मलेसिया, यूएई, बंगलादेश र श्रीलंका ‘ए’ रहेका छन् । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल जुन १९ मा हुनेछ । फाइनल खेल जुन २१ मा हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  ०९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro