site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मधेस सरकारले ३५ अर्बको बजेट ल्याउने

जनकपुरधाम । मधेस प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम चरणमा छ ।

संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने हुन्छ । मधेसले यस वर्ष करिब ३५ अर्बको बजेट ल्याउने तयारी गरिरहेको हो ।

अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराइले चालु वर्षभन्दा आगामी वर्षमा बजेटको अकार घटेर आउने बताए । उनकाअनुसार २० अर्ब प्रदेश सरकारको र १५ अर्ब संघीय सरकारले दिने अनुदान रकमसहित ३५ अर्बको बजेट ल्याउन लागेको हो ।

सबै मन्त्रालयलाई पठाइएको बजेट सेलिङ र मार्ग दर्शनको अधारमा बजेट निर्माण भइरहेको छ । अधिकांश मन्त्रालयको बजेट निर्माण अन्तिम चरणमा रहेको उनले बताए । केन्द्रले यसवर्ष २२ प्रतिशत बजेट कटौती गरी पठाएको सचिव भट्टराईको भनाई छ ।

संघीय सरकारले पठाएको १५ अर्ब रकम चालु आर्थिक वर्षभन्दा २२ प्रतिशतले कम हो । चालु आर्थिक वर्षमा मधेस सरकारले ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजारको बजेट ल्याएको थियो । चालु आर्थिक वर्षमा भएको खर्च अवस्था र राजस्व संकलनका आएको गिरावटका कारण बजेट घटेको उनले बताए ।

सरकारले ल्याउन लागेको बजेटमा नयाँपन योजना पनि समावेश गरिएको छ । खानेपानी मन्त्रालय अन्तर्गत ‘वाटर एटीएम’ योजना राखिएको छ । यस योजनाले करिब २०० सार्वजनिक ठाउँमा शुद्ध खानेपानीको व्यवस्था गर्नेछन् ।

आर्थिक वर्ष २०८०/०८१ मा करिब दश ठाउँमा वाटर एटीएम बनाइने सरकारको लक्ष्य छ ।  सबैभन्दा बढी बजेट भौतिक पुर्वाधार विकास मन्त्रालयमा राखिएको छ । यद्यपि स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकतामै राखेर बजेट निर्माण गरिएको सचिव भट्टराइले बताए ।

मधेसका प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभामा गत मंगलबार १८९ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सो नीति तथा कार्यक्रममाथि तीन दिन संसद्मा छलफल भई गत शुक्रबार सांसदहरूले पारित गरेका थिए । यस नीति तथा कार्यक्रममा नेकपा (माओवादी केन्द्र)ले असहमति जनाउँदै आएका छन् । सोही कारण माओवादी केन्द्रका सांसदहरूले नियमित दुई वटा बैठक नै बहिष्कार गरेका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro