site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सात किलो चरेस बोकेर विमानस्थल पुगेपछि...
फाइल तस्बिर ।

काठमाडौं । विदेश लैजान लागिएको अवैध लागुऔषध चरेससहित प्रहरीले एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जर्मन नागरिक ६३ वर्षीय पाउल रिस्ट छन् । उनको साथबाट करिब सात केजी चरेस बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनलाई सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एवं एसपी चक्रराज जोशीले जानकारी दिए ।

“६ केजी ७८० ग्राम चरेससहित पक्राउ गरेका हौँ,” उनले बाह्रखरीसित भने ।

पाउल टर्किस एयरलाइन्समार्फत इस्तानबुल हुँदै जर्मनी जान लागेको खुलेको उनले बताए । उनका अनुसार पाउलले आफू चरेस सेवनकर्ता भएको बताएका छन् । आफू यसअघि पनि नेपाल आएर चरेस सेवन गर्ने गरेको बयान उनले प्रहरीसमक्ष दिएका छन् ।

“खानको लागि लिएर जान लागेको हो भनेका छन् । कारोबारी होइन, सेवनकर्ताचाहिँ हुँ भन्छन् । यहाँ आउने खाने गरेको बुझिन्छ,” एसपी जोशीले भने ।

विमानस्थलको एक्सरे मेसिनमा चेकजाँचका क्रममा उक्त चरेस भेटिएको उनले बताए ।

पाउलले ६ लाख रुपैयाँमा काठमाडौंमा सो चरेस किनेको बताएको उनले जानकारी दिए ।

तर, चरेस बिक्री गर्ने व्यक्तिको पहिचान भएको छैन । पाउललाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको एसपी जोशीले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro